Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

पोखरामा भेटिएको ‘शंकास्पद’ झोला मतदान अधिकृतको रहेको खुलासा

पोखरामा भेटिएको ‘शंकास्पद’ झोला मतदान अधिकृतको रहेको खुलासा


  • 554
    Shares

    पोखरामा भेटिएको ‘शंकास्पद’ झोला मतदान अधिकृतको रहेको खुलासा

    काठमाडौं । कास्कीको पोखरास्थित लेकसाइडमा भेटिएको झोला मतदान अधिकृतको रहेको खुलेको छ ।

    पोखरा महानगरपालिका–६, लेकसाइडस्थित लालुपातेमार्गको एक टेलरिङ पसल सञ्चालकले अपरिचित व्यक्तिले झोला राखेको प्रहरीमा सूचना दिएका थिए ।

    लगत्तै प्रहरीसहित नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो । तर, उक्त झोलामा शंकास्पद वस्तु भेटिएन ।

    झोलामा भेटिएको एक पत्रानुसार, उनी मतदान अधिकृत हुन् । उनी सोहीस्थान नजिकको तालवाराही मावि मतदान केन्द्रमा खटिएका अधिकृत भएका कास्की प्रहरीले जनाएको छ ।

    जिल्ला समन्वय कार्यालय कास्कीमा कार्यरत एक अधिकृतलाई तालवाराही मावि मतदान केन्द्र ‘ख’मा खटाइएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १९ २०८२ मंगलवार - १५:२८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij