Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला


  • 288
    Shares

    सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

    काठमाडौं । सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेको छ । भेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।

    सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रकाश के।सीले जानकारी दिए । ‘सडक किनारमा शंकास्पद वस्तु भेटिएको सूचना आएपछि तत्काल सुरक्षा घेरा बनाइएको छुउनले भने ।

    प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित घेरामा राख्दै सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

    शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीको भनाइ छ । सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आवश्यक जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनायको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १९ २०८२ मंगलवार - १२:११:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij