Logo

२०८२ फाल्गुण १८ गते सोमवार

२०८२ फाल्गुण १८ गते सोमवार

यूएईमा इरानी आक्रमण : एक नेपालीसहित तीन विदेशीको मृत्यु, ५८ जना घाइते

यूएईमा इरानी आक्रमण : एक नेपालीसहित तीन विदेशीको मृत्यु, ५८ जना घाइते


  • 2.1K
    Shares

    यूएईमा इरानी आक्रमण : एक नेपालीसहित तीन विदेशीको मृत्यु, ५८ जना घाइते

    अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी ड्रोन र मिसाइल आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको यो आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्।

    यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्यूजले उल्लेख गरेअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन सामना गरिसकेका छन्।

    मन्त्रालयले आक्रमणको दोस्रो बिहान आइतबार २० ब्यालिस्टिक मिसाइल नष्ट गरिएको जनाएको छ। जसमा आठवटा समुद्रमा खसेको मन्त्रालयले जनाएको छ।

    त्यस्तै दुई क्रुज मिसाइल र ३११ ड्रोन नष्ट गरिएको दाबी मन्त्रालयले गरेको छ। २१ वटा ड्रोन भने नागरिक क्षेत्रमा गएर खसेका थिए ।

    मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपण गरिएका १६५ ब्यालिस्टिक मिसाइलमध्ये १५२ नष्ट गरिएका छन् । १३ समुद्रमा खसे। ५४१ ड्रोनमध्ये ५०६ अवरोध गरी नष्ट गरिएका छन् । ३५ देशको बस्ती क्षेत्रमा खसेका थिए, जसबाट भौतिक क्षति भएको छ।

    घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकको मृत्यु भएको समाचार गल्फ न्युजले प्रकाशित गरेको छ। मारिएका ती नागरिकहरूको नाम र अन्य विवरण खुलाइएको छैन।

    घाइते ५८ जनामध्ये यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक छन्।

    हवाई प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोन अवरोध गर्दा खसेका भग्नावशेषका कारण विभिन्न स्थानमा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले सशस्त्र बल पूर्ण तयारी अवस्थामा रहेको र नागरिक, बसोबास गर्ने विदेशी तथा आगन्तुकहरूको सुरक्षा उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ। साथै आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अपुष्ट हल्ला नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १९:१३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij