Logo

२०८२ फाल्गुण १६ गते शनिवार

२०८२ फाल्गुण १६ गते शनिवार

गोरखामा बाबुराम भट्टराईले कांग्रेसलाई सघाउने

गोरखामा बाबुराम भट्टराईले कांग्रेसलाई सघाउने


  • 1.0K
    Shares

    गोरखामा बाबुराम भट्टराईले कांग्रेसलाई सघाउने

    गोरखा । डा.बाबुराम भट्टराई आबद्ध पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

    समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्हमा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए । यसअघि २०७४ को चुनावमा कांग्रेस गोरखासँग चुनावी तालमेल गरी डा. भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए ।

    ‘थप औपचारिक निर्णय आउँदैन । अहिलेको अवस्थामा काँग्रेससँग नै हाम्रो विचार मिलेको हो । हामीले मौखिक रूपमा दुई पार्टी बसेर सहमति गरेका छौँ,’ खत्रीले भने, ‘अहिलेलाई काँग्रेससँग नै सहकार्य हुने भयो । हाम्रो कुरा यही हो ।’

    प्रकाशित मिति :फाल्गुण १६ २०८२ शनिवार - १७:११:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij