Logo

२०८३ बैशाख २ गते बुधवार

२०८३ बैशाख २ गते बुधवार

यातायात महासंघको पूर्व अध्यक्ष हिरा उदासको निधन, महासंघको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय

यातायात महासंघको पूर्व अध्यक्ष हिरा उदासको निधन, महासंघको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय

  • 1.1K
    Shares

    यातायात महासंघको पूर्व अध्यक्ष हिरा उदासको निधन, महासंघको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पूर्व निर्बाचित अध्यक्ष हिरा उदासको निधन भएको छ ।

    महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौंला(सरोज) का अनुसार उपचारको क्रममा उदासको शनिबार बिराटनगरस्थित विराट टिचिङ अस्पतालमा निधन भएको थियो ।

    उदास २०६१ बैशाख २१ गते धरानमा भएको महासंघको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएका थिए । उदास २०४७ भदौंदेखि २०६८ माघसम्म महासंघको अध्यक्षको भूमिकामा थिए ।
    पूर्व अध्यक्ष उदासको निधनले यातायात क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै महासंघले केन्द्रिय कार्यालयसहित प्रदेश कार्यालय, संघ, समिति, कम्पनी, प्राली र जिल्ला कार्यालयको तीन दिनसम्म महासंघको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    images
    प्रकाशित मिति :फाल्गुण १६ २०८२ शनिवार - १४:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij