Logo

२०८२ फाल्गुण १५ गते शुक्रवार

२०८२ फाल्गुण १५ गते शुक्रवार

भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित

भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित


  • 617
    Shares

    भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उच्च अदालत पाटनमा रहेको सो मुद्दा सरकारी वकील कार्यालयले निवेदन दिएर स्थगित गराएको हो।

    बिहीबार रायमाझी र झाले दिएको निवेदन उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासमा पेसी तोकिएको थियो ।

    मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार थुनामुक्त हुन माग गर्दै दिएको निवेदन जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेपछि सो उपर उच्च अदालत पाटन गएका हुन् । 

    पुस २५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) बमोजिम निवेदन दिएका हुन् ।   

     

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १७:३३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij