२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आज नछुट्ने भएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेपनि ‘प्रक्रिया पुरा गर्नुपर्ने’ भन्दै काठमाडौँ प्रहरीले उनलाई रिहा नगर्ने निर्णय गरेको हो।
सरकारी वकिल कार्यालयसँग सहमति लिएर उनलाई रिहा गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनले भने, ‘सर्वोच्चको आदेश अनुसार सरकारी वकिलसँग सहमति लिएर बुधवार रिहा गर्छौँ ।’
मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ को व्यवस्था अनुसार प्रसाईँलाई रिहा गर्न सरकारी वकिलसँग सहमति लिनुपर्ने भन्दै प्रहरीले आज कार्यालय समय सकिएको कारण देखाएर उनलाई हिरासतमा नै राख्ने निर्णय गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij