२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दा भदौ २४ को आगजनीका कारण नष्ट भएको मिसिल झिकाउने आदेश दिएको हो ।
जलेका मिसिल पुनः प्राप्तिपछि अदालतले सुनुवाइका लागि अर्को पेसी तोक्ने भएको छ । गुणस्तरहीन पुल बनाएको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएपछि सो फैसला उपर हरिनारायण रौनियारसहित ८ जना फरक\फरक मितिमा पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए ।
यस्तै, विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले पनि ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन गरेको थियो । दुवै पक्षको पुनरावेदनलाई एक साथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij