Logo

२०८२ फाल्गुण ११ गते सोमवार

२०८२ फाल्गुण ११ गते सोमवार

डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते


  • 274
    Shares

    डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

    काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका-३ धौलाबस्ती भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको छ ।

    जिपका चालक बोगटान फुड्सिल गाउँपालिका-६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं. ३ मेल्टाका १९ वर्षीय शारदा साउद पनि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल पठाइएको छ ।

    बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १७:२०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij