२०८२ फाल्गुण ११ गते सोमवार
काठमाडौं । मोटरसाइकल चोरी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बूढानिलकण्ठबाट खटिएको टोलीले उनीहरुलाई चोरीका ३ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको फिक्कल घर भएका १८ वर्षीय मेन्सुहाङ राई, बुढानिलकण्ठका १८ वर्षीय समीर तामाङ, खोटाङका १८ वर्षीय प्रज्वल राई र दोलखाका १८ वर्षीय जनम तामाङ रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij