Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

रौतहटमा धार्मिक सहिष्णुता बिथोल्न खोजेको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज र वडा अध्यक्ष पक्राउ

रौतहटमा धार्मिक सहिष्णुता बिथोल्न खोजेको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज र वडा अध्यक्ष पक्राउ


  • 302
    Shares

    रौतहटमा धार्मिक सहिष्णुता बिथोल्न खोजेको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज र वडा अध्यक्ष पक्राउ

    काठमाडौं । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायको विवादलाई थप चर्काउने भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका-६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ ।

    जम्मेद र शाह सहित कर्फ्यू उल्लङ्घन गर्ने थप २१ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले बताएका छन् । 

    शनिवार मध्यान्ह १ बजेदेखि गौरको पूर्व मडबलवा गेट, पश्चिम लालवकैया बाँध, उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालय क्षेत्रमा लगाइएको कर्फ्यू निरन्तर छ । 

    जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । त्यसपछि हिन्दु समुदायले रमजानमा नमाज पढेको समयमा डिजे बजाएर डिस्टर्ब गरेको मुस्लिम समुदायको आरोप छ । शनिबार दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनी गरिएको थियो ।  

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - ११:२७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij