Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ


  • 596
    Shares

    स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

    काठमाडौं । सिराहाको औरहीबाट प्रहरीले १४ लाख रुपैयाँ नगदसहित २१ वर्षीय युवकलाई पक्राउ गरेको छ। 

    औरही गाउँपालिका-५ औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित सिराहाकै बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स.१० प ४०५ नम्बरको मोटरसाइकलसहित यादव पक्राउ परेका छन्। 

    उनको साथबाट १४ लाख नगदसँगै एक थान मोबाइल पनि बरामद भएको छ।  उनलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १०:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij