Logo

२०८२ फाल्गुण १० गते आइतवार

२०८२ फाल्गुण १० गते आइतवार

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप


  • 603
    Shares

    सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

    सुनसरीको भोक्राहामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। 

    कांग्रेसको कार्यक्रममा जाने क्रममा सामान्य भनाभनपछि झडप भएको छ। भोक्राहामा भएको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेका कांग्रेसका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले गाली गर्न थालेपछि झडप भएको हो। 

    झडपको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ। ​कांग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले बताए। 

    प्रहरीले दुवै पक्षलाई सम्झाई–बुझाई गरेपछि अहिले त्यहाँको अवस्था सामान्य बनेको डीएसपी खड्काले जानकारी दिए। ​

    प्रकाशित मिति :फाल्गुण ९ २०८२ शनिवार - १५:४०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij