२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकी छन् । मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन् ।
मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् । प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिरको समेत दर्शन गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले मुस्ताङका स्थानीयबासिन्दासँग समेत अन्तरक्रिया गरेकी छन् । सरकारी अधिकारीहरूसँग पनि चुनावका लागि भइरहेको तयारबारे जानकारी लिएकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij