Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

काठमाडौं टोखाबाट दिउँसै ८१ लाखको सुनका गहना चोरी

काठमाडौं टोखाबाट दिउँसै ८१ लाखको सुनका गहना चोरी


  • 1.2K
    Shares

    काठमाडौं  टोखाबाट दिउँसै ८१ लाखको सुनका गहना चोरी

    काठमाडौं । टोखाबाट दिउँसै ८१ लाखको सुनका गरगहना चोरी भएको छ। 

    प्रहरीका अनुसार टोखा नगरपालिका-३ साईबाबा चोकस्थित मेलमिलाप टोल बस्ने ५० वर्षीय उर्जेन लामाको घरबाट करिब ८१ लाख रूपैयाँ बराबरका सुनका गरगहना चोरी भएको छ। 

    बुधबार दिउँसै गहना चोरी भएको भनेर प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ। प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। 

    गएको माघ तेस्रो साता पनि काठमाडौँको नागार्जुन नगरपालिकाको एक घरबाट एक करोड रुपैयाँ भन्दा बढीको सुनका गहना चोरी भएको थियो। दिउँसै घर फोडेर गहना चोरीमा संलग्न बबाँके घर भएका ३८ वर्षीय प्रेम चौधरीलाई दुई दिनपछि प्रहरीले गोली हानेर पक्राउ गरेको थियो। 

    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - ११:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij