Logo

२०८२ फाल्गुण ७ गते बिहिवार

२०८२ फाल्गुण ७ गते बिहिवार

चुनाव बहिष्कार गर्ने घोषणा गरेका नेकपाका महासचिव ॠषि कट्टेल पक्राउ

चुनाव बहिष्कार गर्ने घोषणा गरेका नेकपाका महासचिव ॠषि कट्टेल पक्राउ


  • 477
    Shares

    चुनाव बहिष्कार गर्ने घोषणा गरेका नेकपाका महासचिव ॠषि कट्टेल पक्राउ

    काठमाडौँ । नेकपाका महासचिव ॠषि कट्टेल काठमाडौँबाट पक्राउ परेका छन्। 

    प्रहरीले केहीबेअघि ७५ वर्षीय कट्टेलाई काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो। कट्टेलको पार्टीले आगामी फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ। 

    काठमाडौँ उपत्यका असपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले कट्टेलसँगै सो पार्टीका विष्णुप्रसाद तिमल्सिनालाई पनि पक्राउ गरिएको जानकारी दिए। 

    निर्वाचन बिथोल्ने अभियानमा लागेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई पनि पक्राउ गरिसकेको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि पक्राउ गरेको छ।  

    निर्वाचन वहिष्कारको घोषणा गरेका अन्य वामन्पथी पार्टीका नेताहरुको पनि खोजी भइरहेको प्रहरी श्रोतले जनाएको छ। 

    प्रकाशित मिति :फाल्गुण ६ २०८२ बुधवार - १६:५०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij