Logo

२०८२ फाल्गुण ७ गते बिहिवार

२०८२ फाल्गुण ७ गते बिहिवार

रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा

रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा


  • 449
    Shares

    रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा

    जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिएर कांग्रेस प्रवेश गर्ने भएकी छन्।

    शर्मा बुधबार जनकपुरमा हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने तय भएको छ । सोही कार्यक्रमबाट उनी कांग्रेसमा समाहित हुने जनाइएको छ।

    शर्माले  “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भए पनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यमा समेत नरहने गरी आजै राजिनामा दिएकी हुन् ।

    उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको, पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन् । 

    उनले मुख्यगरी रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णय भएकोले आफू यी सबै क्रियाकलापको साक्षी बसेर अब मौन रहिरहन नसकेको उल्लेख गरेकी छन् ।

    प्रकाशित मिति :फाल्गुण ६ २०८२ बुधवार - १३:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij