२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर तयार गरेको मूल्याङ्कन रिपोर्टका अनुसार विराटनगरले ७८.११ अङ्क पाएर पहिलो स्थान कायम गरेको छ ।
दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । ललितपुरले ७६.३३ प्रतिशत अङ्क पाएको छ भने चितवनको भरतपुरले ६८.०४ अङ्क पाएर तेस्रो स्थान बनाएको छ ।
चौथो स्थानमा पोखरा महानगरपालिकाले ५८.०४ अङ्क पाएको छ । पाँचौँ स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अङ्क पाएको छ । कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौं महानगर छैटौँ स्थानमा परेको छ । काठमाडौं महानगरपालिकाले ४४.९७ अङ्कमात्र प्राप्त गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij