Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

रामेछापमा भएको सडक दुर्घटनाको छानबिन गर्न माग

रामेछापमा भएको सडक दुर्घटनाको छानबिन गर्न माग


  • 561
    Shares

    रामेछापमा भएको सडक दुर्घटनाको छानबिन गर्न माग

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले हालै रामेछापमा भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन तत्काल कदम चाल्न नेपाल सरकारसँग माग गरेको छ । महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो ।

    मंगलबार काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस रामेछापको मन्थली नगरपालिका–६, बेनीघाट पुल नजिकै तामाकोशी नदीमा खसेको थियो । उक्त दुर्घटनामा परी १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    प्रेस विज्ञप्तिमार्फत महासङ्घले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिट क्षमताभन्दा बढी यात्रु नबोक्नसमेत आग्रह गरेको छ । 

    विशेष गरी २०८२ फागुन २१ गते  हुने प्रतिनिधि सभा निर्वाचनमा हिमाली, तराई र पहाडी ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा सिट क्षमताभित्र मात्र यात्रु राखेर सेवा सञ्चालन गर्न समेत महासङ्घले आग्रह गरेको छ ।

    image_ieHKagmMbr.png

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १६:१५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij