२०८२ माघ २८ गते बुधवार
काठमाडौं । रामेछापस्थित तामाकोसीमा बस दुर्घटनामा परी मृत्यु भएका १२ जना मध्ये ११ जनाको सनाखत भएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार एक जनाको सनाखत हुन बाँकी छ। सनखात भएकामध्ये दोलखाका २ जना, रामेछापका ८ जना र सिन्धुलीका एकजना रहेका छन्।
दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन्। चालक भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौंबाट ओखलढुंगाका जादै गरेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुलनजिकैबाट तामाकोसीमा खसेको थियो।
यी हुन् मृतक १२ जना
१) जिल्ला दोलखा भिमेश्वर नगरपालिका-७ बस्ने वर्ष अन्दाजी २५की बबि तामाङ।
२) जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ८ बस्ने वर्ष अन्दाजी ६० को मान बहादुर तामाङ।
३) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी २८ को दिपेश बस्नेत।
४) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३५ की सानुमाया तामाङ।
५) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३१ की तारा तामाङ।
६) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३६ को भिम बहादुर तामाङ।
७) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी. १६ की रमिता तामाङ।
८) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी २५ को दिपेन्द्र बस्नेत।
९) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ बस्ने वर्ष अन्दाजी ४५ की मान कुमारी बरुवाल।
१०) जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका-६ बस्ने अन्दाजी वर्ष २४ को विशाल सुनुवार।
११) जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका- ६ बस्ने वर्ष अन्दाजी ३४ को शिव श्रेष्ठ।
१२) नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०/५५ को पुरुष व्यक्ति १ जना।
घाइते हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ की ३३ वर्षीया देवकी खड्का, सोही नगरपालिका–११ का ३१ वर्षीय सुशान्त थापा मगर, रामेछापकै उमाकुण्ड गाउँपालिका–५ का ५२ वर्षीय सोनातेन्जी शेर्पा, ६ वर्षीया निष्मा शेर्पा, रामेछापको लिखुतामाकोसी गाउँपालिका ४ का ७१ वर्षीय ओलकबहादुर थापा, रामेछापकै खाँडादेवी गाउँपालिका ३ का २१ वर्षीय समिर श्रेष्ठ, दोलखाको भिमेश्वर नगरपालिका–७ की १७ वर्षीया निलिमा तामाङ्ग र ओखलढुंङ्गाको खिजिदेम्वा गाउँपालिका २ का ४५ वर्षीय जयबहादुर तामाङ्ग रहेका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij