२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले मृतकको संख्या ९ पुगेको जानकारी दिएका छन् ।
उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको छ । यो सँगै मृतकको संख्या ९ पुगेको हो । सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको हो ।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij