२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस दुर्घटना भएको स्थानमा उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।
विपद् व्यवस्थापन बेश खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर दुर्घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।
मङ्गलवार काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश-३-०१-००५ ख ९९७५ नम्बरको बस तामाकोशीमा खसेको थियो । मन्थली नगरपालिका स्थित सेलेघाटमा भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला छन् । १० जनाबढीलाई अस्पताल पठाइएको घाइतेलाई प्रहरीले उद्धार गरेर खुर्कोट स्थित सामुदायिक अस्पतालमा पठाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij