Logo

२०८२ माघ २७ गते मंगलवार

२०८२ माघ २७ गते मंगलवार

ओलीले गरे हुलाकी राजमार्गको अवलोकन

ओलीले गरे हुलाकी राजमार्गको अवलोकन


  • 456
    Shares

    ओलीले गरे हुलाकी राजमार्गको अवलोकन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गरेका छन् । चुनावी अभियानका क्रममा गृह जिल्ला आउनुभएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गरेका छन् ।

    उनले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायत बस्तीमा पुगेर मतदाता अपेक्षा, गुनासो सुन्दै भावी कार्ययोजनाका बारेमा जानकारी दिए ।

    शुक्रबारदेखि नै अध्यक्ष ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । स्थानीयले यस क्षेत्रको विकासका लागि उहाँले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरू पूरा गर्न आग्रह गरेको प्रचार समिति संयोजक देवेन्द्र दाहालले बताए । 

     

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १६:४०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij