Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधनहरूको सहयोग (तस्बिरहरु)

निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधनहरूको सहयोग (तस्बिरहरु)


  • 876
    Shares

    निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधनहरूको सहयोग (तस्बिरहरु)

    काठमाडौं । नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सहयोग पु¥याउन भारत सरकारले नेपाललाई ठूलो संख्यामा सवारी साधनहरू अनुदान स्वरूप उपलब्ध गराएको छ । 

    यो सहयोग नेपाल सरकारको आग्रहमा आधारित रहेको छ ।  निर्वाचन प्रक्रियालाई सुगम बनाउनका लागि महत्वपूर्ण मानिएको छ । भारत सरकारले करिव ६५० वटा सवारी साधनहरू (मुख्य रूपमा डबल क्याव पिकअप, एसयूभी र अन्य उपयोगी वाहनहरू) उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

    यो सहयोगलाई विभिन्न चरणमा हस्तान्तरण गरिँदैछ । भारतीय दूतावासका अनुसार यो सहयोग नेपालको निर्वाचन तयारीमा लजिस्टिक्स र सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन लक्षित छ । भारतले सन् २००८ देखि नै नेपालको निर्वाचनमा यस्तो सहयोग गर्दै आएको छ । जसअन्तर्गत हजारौं सवारी साधनहरू प्रदान गरिसकिएको छ । 

    गृह मन्त्रालयकाअनुसार यी गाडीहरू मुख्य रूपमा सुरक्षा निकाय (प्रहरी, सशस्त्र प्रहरी), निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूलाई उपलब्ध गराइनेछ । यसले दुर्गम क्षेत्रमा मतदान सामग्री पु¥याउने, सुरक्षा टोलीको आवतजावत र निर्वाचन प्रक्रियाको सुचारु सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । 

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १४:२७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij