Logo

२०८२ माघ २६ गते सोमवार

२०८२ माघ २६ गते सोमवार

अधिकांश मतदाता मुलुकमा राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा

अधिकांश मतदाता मुलुकमा राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा


  • 897
    Shares

    अधिकांश मतदाता मुलुकमा राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ  नेता कमल थापाले अधिकांश मतदाताले देशमा राजा नभई नहुने बताउने गरेको दावी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवार समेत रहनुभएका उनले आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सो जिकिर गरेका छन् । 

    बुढापाकाहरु भन्दा पनि बढी युवाहरुले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको चाहना राखेको समेत वरिष्ठ नेता थापाको भनाई थियो । उनले भ्रष्ट नेता र भ्रष्ट पार्टीलाई मतदान नगर्नका लागि आम मतदातालाई अपिल गर्न पनि पार्टीको सिंगो पंक्तिलाई अपिल गरेका छन् । 

    जनताको घरघरमा पुगेर भ्रष्टाचारको अन्त्यका लागिष् आफूहरुलाई मत दिन आग्रह गर्न आवश्यक रहेको वरिष्ठ नेता थापाले बताएका छन् । आफूहरुलाई मत दिन आग्रह गर्न आवश्यक रहेको वरिष्ठ नेता थापाले बताएका छन् । 

    उनले भने,‘ जहाँ हामी भोट माग्न गएका छौ । अधिकांशले हामी हिन्दु राष्ट्र चाहन्छौँ भन्छन् । अधिकांंशले अब राजा नभई हुँदैन भन्छन । केवल बुढापाकाले मात्रै होइन, हिन्दु राष्ट्र र राजसंस्थाको चाहना अहिले सबैभन्दा बढि युवाहरुले खोजिराखेका छन् । अब हामीले मेहनत गर्नुपर्छ । घरघरमा पुग्नुपर्दछ । एक पटक हामीले जनतालाई घच्घच्याउनु पर्दछ । मैले ठाउँठाउँमा भनेको छु–तपाईहरुले पनि त्यही कुरा भन्नुहोस कि युवाहरुको आन्दोलन भ्रष्टचारको अन्त्यका लागि हो । बेथितिको अन्त्य हो । हामी रातदिन भ्रष्टाचारको विरोध गर्दछौँ । २४ घण्टानै भ्रष्टाचार भएको गुनासो गर्दछौँ । तर चुनावको बेला यी सबै कुरा बिर्सेर त्यही भ्रष्ट, भ्रष्ट दललाई नै भोट हाल्ने काम गर्दछौ । त्यसकारणले गर्दा यस पटक कमसेकम यो चुनावमा भ्रष्ट नेता र देशमा भ्रष्टाचारको महारोग भित्र्याउने पार्टीलाई भोट हाल्दैनौ भन्ने संकल्प गराऔँ । हामीले जनतालाई यही भनिराखेका छौँ । जनताले पनि सकारात्मक रेसपोन्स गरिरहेका छन् ।’ 

    वरिष्ठ नेता थापाले यथास्थितिमा मुलुक अघि बढ्न नसक्ने भएकाले पनि आसन्न निर्वाचनमा राप्रपा विजयी हुनुको विकल्प नरहेको बताएका छन्।  

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १७:४८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij