Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८३ सालको बडादशैंमा दुईदिन अष्टमी

२०८३ सालको बडादशैंमा दुईदिन अष्टमी


  • 1.6K
    Shares

    २०८३ सालको बडादशैंमा दुईदिन अष्टमी

    काठमाडौं । आउँदोवर्ष २०८३ सालको बडादशैं असोज २५ बाट शुरु हुनेछ । आगामीवर्षको दशैमा दुईदिन अष्टमी परेको छ । आगामीवर्ष असोज १ र २ गते अष्टमी परेको छ । पञ्चाङगपात्रोमा उल्लेख भए अनुसार करिब १९ वर्षपछि दशैको अष्टमी दुईदिन परेको हो । अनुसार २५ गते घटस्थापना परेको छ । भने कातिक ४ गते विजया दशमी परेको छ । समितिले तयार गरेको पात्रोमा आगामीवर्ष दशै ११ दिनसम्म परेको छ ।

    वर्षौपछि दुईदिन अष्टमी परेको विषयमा नेपाल पञ्चाङग निर्णायक विकास समितिका पुर्व कार्यकारी निर्देशक सुर्यप्रसाद ढुंगेलले बिसं २००० सालयता यस्तो अवस्था नआएको बताउनुभयो ।

    भन्नुभयो–बिसं बिसं २००० सालयताको पञ्चाङग पात्रो हेर्दा दुईवटा अष्टमी परेको देखिएन । भन्नुपर्दा वर्षोपछि यस्तो देखिएको हो । समितिका कार्यकारी निर्देशक पन्थीले यो निर्णय गर्नुअघि वर्षौअघिको पात्रो अध्ययन गरेको जानकारी दिनुभयो । समितिले माघ १५ गते पञ्चाङपात्रो तयार भएको थियो । पात्रो फागुन २ गते बिक्रि वितरणको लागि खुला हुनेछ ।

    यसवर्षको दशैं असोजमै परेको थियो । असोज ६ गते घटस्थापना परेको थियो । २०८३ साल असोज ३१ गते फूलपाती, नवपत्रिका प्रवेश, कातिक १ गते र २ गते महाअष्टमी,कालरात्री, गोरखकाली पुजा,नेवारी समुदायको कुछी भ्वयः र काति बिहु पर्व परेको छ । ३ गते महानवमी, ४ गते विजया दशमी परेको छ । दशै असोजमा शुरु भएर कार्तिकमा सकिनेछ ।

    तिहारपनि २० दिनपर सरेको छ । तिहारपर्व २१ गतेबाट शुरु हुनेछ । २१ कार्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ती, यम पञ्‍चक शुरु, २२ गते कुकुर तिहार, लक्ष्मीपूजा,दिपमालिका, सुखराती, नरक चतुर्दशी भौली खेल्ने, २३ गते गाईतिहार ९औंशी० २४ गते गोबद्र्धन पूजा, म्हपूजा र २५ गते भाईटिका, किजापूजा परेको छ । तिहारको धनतेरस कातिक २० मा परेको छ ।

    विकास समितिले १० दिनअघि तिथि मितिसहितको पञ्चाङ्गपात्रो तय गरेको हो । कुनैपनि पर्व र तिथि तिथि जुराउन पञ्चाङ्गपात्रो आवश्यक पर्छ । सोही आधारमा गृहमन्त्रालयले निर्णय गरेपछि बिदा सार्बजनिक हुनेछ ।

    विदेशमा रहेका नेपालीले नेपाल आउनका लागि समय तय गर्न, बिहे र व्रतबन्धको साइत जुराउन पञ्चाङ्ग पात्रोको बढी माग गर्ने गरेका छन् सोही आधारमा समितिले तिथि निकालेको हो । आगामीवर्षको पात्रो केही ढिलोगरी तयार भएको हो । यो वर्ष माघ ११ मा पात्रो बजारमा आइसकेको थियो ।

    समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले देशभरका विभिन्न धार्मिक संघसंस्था, प्रदेशसरकार र स्थानीयतहसंग चाडपर्व र तिथिमितको विषयमा छलफल गर्नुपर्ने भएकोले केहीसमय लागेको जानकारी दिनुभयो । भन्नुभयो–हामीले सबै प्रदेशको मुख्य चाडबाडको बारेमा जानकारी लिएका छौ, राष्ट्रियपर्वको बारेमा छलफल गरेका छौ, पात्रो तयार गर्न सबै प्रदेशका ज्योतिषी, गाउँपालिका महासंघ र नगरपालिका संघसंग समेत छलफल गरी पात्रो तयार गरेका हौ ।

    पात्रो तयार गरेपछि बिदा स्वीकृत गराउन गृहमन्त्रालयमा प्रकृया अघि बढाउनेछ । आगामीवर्ष वैशाख १ गते नववर्ष,४ गते मातातिर्थ औंशी आमाको मुखहेर्ने दिन, ७ गते अक्षय तृतीया, १८ गते बुद्धजयन्ती , कुर्मजयन्ती, किराँतहरूको उभौली, चण्डीपुर्णिमा, मजदुर दिवस परेको छ । जेठ ३ गतेबाट मलमास अर्थात पुरुषोत्तम मास शुरु हुनेछ । त्यसदिनबाट मत्स्यनारायण मेला शुरु हुनेछ । ४ गते चन्द्रोदय, १२ गते गंगा दशहरा, १५ गते गणतन्त्र दिवस परेको छ ।

    असार १ समेत अधिक ‌औंशी, पुरूषोत्तममास समाप्‍ित, ६ गते सिथि नखः, ११ गते निर्जला एकादशी, १५ गते मष्टो पूर्णिमा ज्याःपुन्ही पर्व परेको छ । साउन १३ गते गुरुपुर्णिमा, २६ गते घण्टाकर्ण चतुर्दशी गठेमङ्‍गल, २८ गतेबाट नेवारी गुँलापर्व शुरु हुनेछ । भदौ १ गते नाग पञ्चमी, ४ गते यल पञ्चदानत, ५ गते थकालीको फागोपर्व, १२ गते जनैपूर्णिमा ९रक्षाबन्धन० कुम्भेश्वरमेला, १४ गते हरिसिद्धीको द्योःपुखुमेला,१९ गते श्रीकृष्ण जन्माष्टमी,२६ गते कुशेऔंशी, बाबुको मुखहेर्नेदिन, भदौ २७ मा गँुलापर्व समाप्ती, २८ गते दरखाने, २९गते हरितालिका तिज, गणेश चतुर्थि, ३० गत ऋषीपञ्चमी परेको छ ।

    पञ्चाङपात्रो अनुसार असोज १ गते विश्वकर्मा पुजा, ६ गते हरिपरिवर्तनी एकादशी, ७ गते इन्द्रध्वजउत्थान, वामनजयन्ती, ९ गते कुमारी इन्द्रजात्रा , १० गते येँया पुन्ही, इन्द्रदह स्नान, आश्‍विन ११ देखि २४ गतेसम्म सोह्रश्राद्ध परेको छ ।

    कार्तिक २९ गते छठपर्व, मंसिर ४ गते हरिबोधनी एकादशी, २१ गते बाला चतुदर्शी, बाह्चरे पुजा,मंसिर २८ गते विवाहपञ्‍चमी,पुस ४ गते किर्तिपुरको इन्द्रायणी जात्रा, ९ गते योमरीपुन्ही, धान्यपूर्णिमा,उधौली, १० गते क्रिसमस, १५ गते तमुल्होसार,२४ गते तोलल्होसार, माघ ८ गते स्वस्थानी ब्रतारम्भः , २४ गते सोनाम ल्होसार,२८ गते वसन्त पञ्‍चमी, फागुन ८ गते , स्वस्थानी ब्रत समाप्‍ती पर्व परेको छ । आगामी वर्ष साउनमा २ गतेदेखि बृहस्पती अस्त भई २९ गते उदय हुनेछ । भने असोज २६ बाट शुक्र अस्त भएर कातिक ७ मा उदय हुनेछ । आगामी वर्ष नेपालमा सुर्य र चन्द्र ग्रहण हुनेछैन ।

    समितिले तयार पारेको पात्रोमा फागुन २२ गते महाशिवरात्री,२४ गते नारी दिवस २५ गते ग्याल्पो ल्होसार,चैते ७ गते पहाड र ८ गते तराई होली र चैत २३ गते घोडेजात्रा तिथि परेको छ । समिति यो विगत भन्दा यो वर्ष विवाद रहित रुपमा पात्रो तयार गरेको दाबी गरेको छ । कार्यकारी निर्देशक पन्थीले पात्रो तयार गर्नुअघि देशभरका पञ्चाङगकार,धार्मिकगुरु लगायतसंग छलफल गरेको जानकारी दिनुभयो ।

    चाडपर्वर तिथिमितिमा कुनै समस्या नआओस भनेर सबै सरोकारवालासंग छलफल गरी पात्रो निर्माण गरेको कार्यकारी निर्देशक पन्थीको भनाई थियो । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेन्डर० प्रकाशनको अनुमतिदिँदै आएको छ ।

    गठन आदेशबमोजिम समितिको स्वीकृतिबिना पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेन्डर० प्रकाशन गर्न पाइँदैन । समितिले पात्रो प्रकाशन गर्नुअघि स्वीकृत लिन सबैलाई आग्रह गरेको छ । ‘स्वीकृतबिना प्रकाशन भएका पात्रोलाई कारबाही गर्नेछौ’–कार्यकारी निर्देशक पन्थीले भन्नुभयो ।

    समितिले पञ्चाङ्गकार, विश्वविद्यालयका विज्ञ, ज्योतिषविज्ञ लगायत सबैको राय र सुझावको आधारमा पात्रो तयार गरेको हो । यो वर्षको पात्रो तयार हुनुभन्दा करिब महिनादिन ढिलोगरी पात्रो तयार भएको हो । समितिले आगामी बिसं २०८३ को लागि १८ वटा पञ्चाङगकारको पात्रो स्वीकृत गरेको छ । स्वीकृत भएका पात्रोहरुमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, सुर्य,आकाशदर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, किर्ति, सिद्धि, खप्तडतारानाथ, गौरीशंकर, भृगु–अङगिरा,कश्यप मुक्तिनाथ र आर्यावर्त पञ्चाङगपात्रो छन् ।

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - ०९:०६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij