२०८२ माघ २३ गते शुक्रवार
काठमाडौं । बिहीबार बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
बिहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ फर्किँदै गरेको सु-प-प्र-०२-००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका-७ स्थित बडगाउँमा दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूको सरकारी अस्पतालमा उपचार हुँदासम्म लाग्ने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णयसमेत गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij