Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

चितवन पुगे रास्वपा सभापति रवि लामिछाने

चितवन पुगे रास्वपा सभापति रवि लामिछाने


  • 477
    Shares

    चितवन पुगे रास्वपा सभापति रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । आज बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत उनी भरतपुर पुगेका हुन् ।

    लामिछानेको सचिवालयका अनुसार आज उनले चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यहाँबाट उनी भरतपुरस्थित विशालचोकमा रहेको घरमा पुग्नेछन् ।

    खुट्टामा संक्रमण भएपछि काठमाडौंमै आराम गरिरहेका उनी फागुन २१ को निर्वाचनको तयारीका लागि आज बल्ल चितवन पुगेका छन् । उनी यसपटक पनि चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् । 

     

     

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १४:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij