Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

काठमाडौंको बौद्धमा दिउँसै घर फोडेर धनमाल चोरी गर्ने युवकलाई गोली हानेर प्रहरीले गर्‍यो पक्राउ

काठमाडौंको बौद्धमा दिउँसै घर फोडेर धनमाल चोरी गर्ने युवकलाई गोली हानेर प्रहरीले गर्‍यो पक्राउ


  • 302
    Shares

    काठमाडौंको बौद्धमा दिउँसै घर फोडेर धनमाल चोरी गर्ने युवकलाई गोली हानेर प्रहरीले गर्‍यो पक्राउ

    काठमाडौं । काठमाडौंको नागार्जुनबाट प्रहरीले एकजना लुटेरालाई गोली हानेर पक्राउ गरेको छ। 

    गएराति नागार्जुन नगरपालिकास्थित महांकालबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बाँके घर भएका ३८ वर्षीय प्रेम चौधरी रहेका छन्। 

    गएको मंगलबार दिउँसो काठमाडौं महानगरपालिका(६ बौद्ध टुसाल निवासी रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख रुपैयाँभन्दा धेरैको गरगहना चोरी भएको थियो। पक्राउ परेका थारुले नै लामाको घरमा धनमाल चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

    थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो।

    प्रहरीलाई देखेपछि थारु भाग्न खोजेका थिए। त्यसक्रममा उनलाई गोली प्रहार गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए। 

    ‘उनलाई हामीले गएराति साढे ११ बजेतिर पक्राउ गरेका हौँ,’ एसपी भट्टराईले भने, ‘त्यसक्रममा दाहिने खुट्टाको घुँडाभन्दा मुनी गोल लागेको छ। काठमाडौंका विभिन्न ठाउँबाट चोरी भएका सुनचाँदीसहितका धनमाल पनि हामीले बरामद गरेका छौँ। थप अनुसन्धान हुँदैछ।’

    उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका छन्। लामाको घरबाट ३० तोला सुन र चाँदीका गहनासहित १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो।  

    यही माघ १७ मा भोटेबहालबाट पनि २५ तोला सुन चोरी भएको थियो। त्यो चोरीमा पनि थारुकै संलग्नता हुनसक्ने अनुमान प्रहरीले गरेको छ। चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदीका गहना, नगद र घरेलु हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १०:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij