२०८२ माघ २१ गते बुधवार
काठमाडौं । धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङले धरान खानेपानी व्यवस्थापन बोर्डमा २२ जना आफन्त र कार्यकर्तालाई गैरकानुनी रूपमा नियुक्ति दिएर जागिर खुवाएको खुलासा भएको छ ।
मेयर पदमा रहँदा साम्पाङले प्रक्रिया र कानुनी मापदण्ड विपरीत ठाडो आदेशमा कर्मचारी नियुक्ति गरी खानेपानी बोर्डमा खानेपानी बोर्डमा नियुक्त गरिएका २२ मध्ये अधिकांश साम्पाङका आफन्त तथा नजिकका कार्यकर्ता रहेको आरोप छ ।
नियुक्त गरिएकामध्ये राजिन राई, लक्ष्मी आङ्बुहाङ लिम्बू, पुन्नकला राई, सीता राई, भावना थाम्सुहाङ, मदन राई, सिर्जना राई, कोपिला राई, चन्द्रम राई, गोपाल राई, देवी राई, मनकुमार राई, निर्मल थापा मगर, गिरिराज राई, ओमकुमार राई, सर्मना राई, निरुजा राई, पुजा राई, नामसाङ राई, रामनाथ राई, कल्पना राई र हिरादेबी राई रहेका छन् ।
उनीहरूलाई सहायककर्ता प्रमुख, कार्यालय सहयोगी, चौकीदार, माली, प्लम्बर, सुपरभाइजर, कम्प्युटर अपरेटर जस्ता पदमा नियुक्त गरिएको छ । साम्पाङले नियुक्त गरेका कर्मचारीमध्ये मनकुमार राई र निर्मल थापा मगरले खरदार स्केलमा तलब बुझ्ने गरेको र अन्य २० जनाले कार्यालय सहयोगी स्केलमा तलब बुझ्ने गरेको पाइएको छ ।
खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलका अनुसार साम्पाङ मेयरमा निर्वाचित भएपछि २०७९ चैत १ गतेदेखि २०८२ साउन ७ गतेसम्म २२ कर्मचारी नियुक्त गरिएको जानकारी दिएका छन् ।
स्रोतका अनुसार साम्पाङले २० जनालाई कार्यालय सहयोगीस्तरको मासिक २४ हजार ७०२ रुपैयाँ तलब र दुई जनालाई खरिदार स्केलअनुसार मासिक ३२ हजार ९०२ रुपैयाँ तलब दिने गरी नियुक्ति दिलाएका थिए ।
साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij