Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

रोटरी क्लव अफ नार्गाजुनले दियो ट्राफिक प्रहरीलाई उच्च गुणस्तरको कम्प्युटर

रोटरी क्लव अफ नार्गाजुनले दियो ट्राफिक प्रहरीलाई उच्च गुणस्तरको कम्प्युटर


  • 435
    Shares

    रोटरी क्लव अफ नार्गाजुनले दियो ट्राफिक प्रहरीलाई उच्च गुणस्तरको कम्प्युटर

    काठमाडौं । रोटरी क्लव अफ नार्गाजुनले आफ्नो २२ औं स्थापना दिवशको अवसर पारेर उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर सहयोग हस्तान्त्रण गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर बिनोद कोइरालाले क्लवकातर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीलाई तीन थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग हस्तान्त्रण गर्नु भएको हो ।

    करिव २ सय जना उच्चपदस्त ट्राफिक प्रहरीहरुको उपस्थितिमा ट्राफिक प्रहरीको कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर बिनोद कोइरालाले रोटरी संस्था नेपाललगायत संसारभर मानव कल्याण र सामाजिक सेवाका लागि सदैव् प्रतिवद्ध रहेको उल्लेख गदैं जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थीति आफुहरुले सानो सहयोग हस्तान्त्रण गरेको र आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । 

    त्यसै गरी प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीले रोटरीलगायतका सामाजिक संस्थाहरुकै कारण ट्राफिकको पोसाकदेखि भवन निमार्ण र भौतिक संरचनामा धेरै ठुलो योगदान पुगेको उल्लेख गरे । हस्तान्त्रण कार्यक्रममा क्लवका अध्यक्ष बिशाल गैरले ट्राफिक प्रहरी कार्यालयलाई निरन्तर सहयोग गर्ने बचत दिए । जेन्जी आन्दोलनका बेला रोटरी क्लव अफ नार्गाजुनका पुर्व अध्यक्ष सम्भु अमगाईले क्लवकातर्फबाट भौतिक निमार्ण र रेक्टोफिटिङ्मा पुयाएको योगदानका लागि प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले समेत उनलाई सम्मान गरेका थिए । 

    सहयोग हस्तान्त्रण कार्यक्रममा रोटरी डिष्ट्रिकका एसिस्टेन्ट गर्भनर मञ्जु धमला, डिष्ट्रिक सेक्रेटरी अनिस बज्रचार्य र रोटरी क्लव अफ नार्गाजुनकातर्फबाट निर्वतमान अध्यक्ष सतिस सर्मा, सचिव अर्जुन खड्का र कोषाध्यक्ष निखिल अग्रवालको सहभागीता रहेको थियो । 

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १२:२६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij