Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई


  • 505
    Shares

    कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई कार्यवाहक राष्ट्रपति तोकिएको जानकारी राष्ट्रिय सभालाई गराइएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेल आईतवार जापानको औपचारिक भ्रमणमा गएका कारण कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी यादवलाई तोकिएको जानकारी प्राप्त भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई जानकारी गराएका हुन् । 

    नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका छन् । 

    उनले स्वदेश नफर्केसम्म राष्ट्रपतिले सम्पादन गर्ने कार्य उपराष्ट्रपति यादवले गर्ने छन्।

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १४:१३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij