Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा न्यायाधीश मल्ल र निरौलाको इजलासमा

रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा न्यायाधीश मल्ल र निरौलाको इजलासमा


  • 617
    Shares

    रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा न्यायाधीश मल्ल र निरौलाको इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

    युवराज पौडेलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटमा सुनुवाइ हुन लागेको हो । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानूनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

    यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । 

    तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते  लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने  निर्णय गरेका थिए । सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । 

     

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - ११:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij