Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गगन थापाले भोलि मधेस प्रदेश कार्यसमितिको बैठकमा सम्बोधन गर्ने

गगन थापाले भोलि मधेस प्रदेश कार्यसमितिको बैठकमा सम्बोधन गर्ने


  • 519
    Shares

    गगन थापाले भोलि मधेस प्रदेश कार्यसमितिको बैठकमा सम्बोधन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार बस्ने पार्टी मधेस प्रदेश कार्यसमितिको बैठकमा सहभागिता जनाएर सम्बोधन गर्ने भएका छन् । 

    जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजना हुने बैठकमा फागुन ७ गते जनकपुरमा गर्ने मधेस सभाको तयारी, व्यवस्थापन तथा समन्वय सम्बन्धी विषयमा छलफल हुनेछ । 

    मधेस प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई प्रभावकारी र व्यवस्थित बनाउन  सभापति थापाले निर्देशन मन्तव्य दिने तय भएको कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिएका छन् । 

    बैठकमा मधेस प्रदेश अन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूलाई पनि बोलाइएको छ । 

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १७:५१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij