२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्यान्ड होटलमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी पवन भट्टराईका अनुसार बिहीबार बिहान १०ः१५ बजे लागेको आगो केहीबेरअघि नियन्त्रणमा आएको हो।
‘आगलागी नियन्त्रणमा पाँचवटा दमकलसहित प्रहरी खटिएका थिए,’ एसपी भट्टराईले भने, ‘आगलागीबाट होटल पूर्णरुपमा जलेको छ। क्षतिको विवरण भने आइसकेको छेन।’
उडल्यान्ड होटेलको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगलागी भएको उनले बताए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij