Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, भोलिबाट तालिम

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, भोलिबाट तालिम


  • 491
    Shares

    ६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, भोलिबाट तालिम

    काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन् । आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा प्रकाशन गरिएको प्रहरी प्रवक्ता (डीआईजी)  अबि नारायण काफ्लेले बताए ।

    निर्वाचन प्रहरी चाहिए भन्दा थोरै दरखास्त परेका १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ । अपुग भएका जिल्लामा पुनः दरखास्त आह्वान गरिएको र ती जिल्लामा बुधवार लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशन गरिने डीआईजी काफ्लेले बताए ।

    निर्वाचन प्रहरीलाई माघ १५ बाट तालिम गराइने छ । १० दिने तालिम दिएर उनीहरूलाई माघ २५ देखी फिल्डमा परिचालन गरिने छ ।

    सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको पनि छनोट चलिरहेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको छनोट गरिरहेको छ । सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दैछ । प्रारम्भिक छनोट सकिएपछि उनीहरूलाई सशस्त्र प्रहरीले नै तालिम गराउने बताइएको छ ।

    यसपटकको निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी गर्दैछ । त्यसका लागि अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरेको छ । सिआरएस चेक गर्दा अपराधमा संलग्न भएको वा फरार आरोपीबारे थाहा हुन्छ । 

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - १२:२०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij