Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अमेरिकामा भीषण आँधी र हिमपात: मृतकको संख्या ३० पुग्यो

अमेरिकामा भीषण आँधी र हिमपात: मृतकको संख्या ३० पुग्यो


  • 1.5K
    Shares

    अमेरिकामा भीषण आँधी र हिमपात: मृतकको संख्या ३० पुग्यो
    images

    अमेरिकाका विभिन्न राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।

    न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ। अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको मौसमविद्हरूले बताएका छन्।

    अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम लगातार शून्य डिग्रीभन्दा तल रहनेछ। दक्षिणी राज्यहरूमा पनि असामान्य चिसोका कारण न्यूनतम तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्।

    उत्तरपूर्वी क्षेत्रमा हिमपात जारी रहँदा कनेक्टिकटमा २२ इन्चभन्दा बढी र बोस्टनमा १६ इन्चभन्दा बढी हिउँ जमेको छ। आँधीसँग सम्बन्धित घटनाहरूमा हाइपोथर्मिया, सवारी दुर्घटना तथा अन्य हिमपातजन्य दुर्घटनाका कारण ज्यान गएको जनाइएको छ।

    मेन राज्यको बाङ्गोरमा उडान भर्ने क्रममा सानो विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ। मङ्गलबार बिहानसम्म पाँच लाख ४० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाविहीन छन्।

    टेनेसी, टेक्सास, मिसिसिपी र लुइसियाना राज्यहरू सबैभन्दा बढी प्रभावित भएका छन्। देशभर ९ हजारभन्दा बढी उडानहरू रद्द तथा प्रभावित भएका छन्।

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - २०:३४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij