Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रास्वपासँगको एकता भंगबारे कुलमान भन्छन्– पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ

रास्वपासँगको एकता भंगबारे कुलमान भन्छन्– पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ


  • 1.5K
    Shares

    • images
    रास्वपासँगको एकता भंगबारे कुलमान भन्छन्– पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनैपनि दलसँग विलय हुन नदिइने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं-रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् । 

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको बताएका छन्। रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उनले अहिले तन्द्रुस्त भएर निस्किएको बताएका छन् । 

    उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

    घिसिङले भने, ‘पार्टी गठन भएको ३ महिनामा पनि पुगेको छैन । तर हामी त्यो बीचमका कोमामा पनि गयौँ । त्यस कारण केही समस्या आयो । अहिले हामी तन्दुरुस्त भएर निस्कियौँ । अब हामी कुनैपनि दलसँग मिसिएर उज्यालो पार्टीको नाम र चुनाव चिन्ह विलय हुन दिने छैनौँ । 

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १६:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij