२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ६ मा पूर्वसांसद लालबाबु पण्डितलाई कमान्डर तोकेको छ। एमालेको क्षेत्रीय कमिटी बैठकले ५०१ सदस्यीय कमिटी गठन गर्दै पण्डितलाई चुनावी कमान्डरको जिम्मेवारी सुम्पेको हो।
कमिटीमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यका साथै महानगरपालिका, नगरपालिका र गाउँपालिका कमिटीका प्रतिनिधिलाई पनि समेटिएको एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिएका छन्।
निर्वाचन परिचालन कमिटीले अब क्षेत्र नम्बर ६ का विराटनगर महानगरपालिका, सुन्दरहरैँचा नगरपालिका र बुढीगंगा गाउँपालिकाका २० वटा वडामा केन्द्रित भएर चुनावी प्रचारप्रसार अभियान सञ्चालन गर्ने योजना बनाएको छ।
कुल १ लाख ३७ हजार ८३२ मतदाता रहेको यस क्षेत्रमा निर्वाचनका लागि ३९ मतदान स्थल र १४९ मतदान केन्द्र तोकिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij