२०८२ माघ ११ गते आइतवार
काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच तालमेलको सहमति भएको छ ।
आइतबार दुई पार्टीबिच तालमेलको सहमति हुँदा एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध उठेका प्रलोपाका सन्दीप पुनलाई सघाउने भएको छ ।
प्रलोपाको चुनाव चिन्ह आँखा हो । सहमति पत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाबाट अध्यक्ष दुर्गा सोबको हस्ताक्षर छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij