Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काठमाडौं महागनर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए पदबाट राजीनामा

काठमाडौं महागनर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए पदबाट राजीनामा


  • 1.3K
    Shares

    काठमाडौं महागनर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए पदबाट राजीनामा

    काठमाडौं । काठमाडौं महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ ४ गतेदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गरेका छन् । 

    उनले काठमाडौंका सडकपेटी तथा अतिक्रमित सयौं विगा जग्गा सरकारको नाममा ल्याउन सफल भएको बताएका छन्। उनले माघ ४ गतेपछि आफ्नो अगामी यात्राको बारेमा जानकारी गराउने बताएका छन् । सबैसँग सल्लाह गरेर नै अगाडि बढ्ने उनको भनाइ छ । 

    उनले भने, ‘माघ ४ गतेदेखि लागू हुनेगरी मैले आफ्नो महानगर प्रहरी प्रमुख पदबाट रानीनामा दिएको छु । हामीले काठमाडौं क्षेत्रमा विपद्को बेलामा काम गरेका थियौँ । त्यस्तै सडक पेटीका अतिक्रमण, सार्वजनिक जग्गाको सयौं विगा जग्गा महानगर प्रहरीले सरकारको स्वामित्वमा ल्याएको छ । शहरी सुशासनको काममा हामीले निर्मम तरिकाले काम गर्यौंं । शहरी सुशासनको लागि नागरिक पनि अनुशासित हुनुपर्छ भन्ने किसिमले हामीले बुझाउने काम पनि ग¥यौैं । यो साढे ३ वर्षको अवधिमा हामीले नागरिकलाई सचेत गराउने हिसावले धेरै कार्यक्रम समेत सञ्चालन ग¥यौं ।’

    उनले काठमाडौं महानगरको सुधार र शहरी सुशासनका लागि सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरेका छन् । 

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १६:२९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij