Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया सुरु

नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया सुरु


  • 701
    Shares

    नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया सुरु

    काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारबाट औपचारिक रूपमा निर्वाचनका कार्यक्रम अघि बढाएको जानकारी दिएको हो ।

    काठमाडौंको भृकुटीमण्डपमा मंगलबार बसेको समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसीको नेतृत्वमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाएको हो । 

    कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ र निर्वाचन निर्देशिका २०८२ को अधीनमा रही निर्वाचन प्रक्रिया सुरु गरिएको संयोजक केसीले जानकारी दिएका छन् ।  

    601313056_906437675164561_5892116567047501642_n_BQdGeFYh9Q.jpg

     

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १३:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij