Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित ३२ वर्षीय लामा पक्राउ

दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित ३२ वर्षीय लामा पक्राउ


  • 1.4K
    Shares

    दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित ३२ वर्षीय लामा पक्राउ

    काठमाडौं । दुई करोड रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार मुस्ताङको नेचुङबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोट (भेप)सहित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-५ का ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिएको हो ।   

    केही दिनअघि चीनबाट अवैध रूपले ल्याई कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् ।

    बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । लामालाई आवश्यक कारबाहीका निम्ति इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ ।

     

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १२:५५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij