Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

अमेरिकी उपराष्ट्रपतिको घरमा आक्रमण

अमेरिकी उपराष्ट्रपतिको घरमा आक्रमण


  • 827
    Shares

    अमेरिकी उपराष्ट्रपतिको घरमा आक्रमण

    काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको ओहायो राज्यको सिनसिनाटीमा रहेको घरमा आक्रमण भएको छ ।

    सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उनको घरका झ्यालहरू फुटेका छन् । प्रहरीले घटनामा संलग्न एक जना शंकास्पद व्यक्तिलाई हिरासतमा लिएको छ । भ्यान्सको घर नजिकै आइतबार राति (स्थानीय समयअनुसार)सवा १२ बजे बजेतिर कसैलाई भाग्दै गरेको देखिएको थियो । 

    अधिकारीहरूका अनुसार जुन समयमा यो घटना भयो, त्यसबेला जेडी भ्यान्स र उनको परिवार घरमा उपस्थित थिएनन् । अहिले हिरासतमा लिइएका व्यक्ति उपराष्ट्रपतिको घरभित्र पस्न सफल भने भएका थिएनन् । जाँच एजेन्सीहरूले यो घटना जानाजानी जेडी भ्यान्स वा उनको परिवारलाई लक्षित गरी गरिएको हो वा यसको पछाडि कुनै अन्य कारण छ भनेर पत्ता लगाउने प्रयास गरिरहेका छन् । 

    यस घटनालाई लिएर मिडियाले ह्वाइट हाउस र सेक्रेट सर्भिसबाट जानकारी मागेका छन्, तर अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन । 

    भ्यान्स पछिल्लो एक हप्तादेखि सिनसिनाटीमै थिए, तर आइतबार दिउँसो सहरबाट हिँडेका थिए । उनले घरमा करिब १४ लाख डलर खर्च गरेका छन् र यो करिब २/३ एकडमा फैलिएको छ ।

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - ११:०४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij