Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

सशस्त्रको गोलीबाट चालकको मृत्युपछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध

सशस्त्रको गोलीबाट चालकको मृत्युपछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध


  • 512
    Shares

    सशस्त्रको गोलीबाट चालकको मृत्युपछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध

    काठमाडौं । सुनसरीको बोर्डर इलाका नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएसँगै तनाव भएको छ ।  सशस्त्र प्रहरीको गोली लागेर मृत्यु हुनेमा कोशी गाउँपालिका १ का स्थानीय ४५ वर्षिय विजय साह रहेका छन् ।

    स्थानीयका अनुसार रातको करिव साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो । बाहिर निस्किएर हेर्दा वरीपरी सशस्त्र प्रहरी थिए । एक व्यक्तिलाई गोली लागेको थियो । घटनाका विषयमा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रणको क्रममा क्रस फायरिङ भएको भएको जनाएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाले भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा उक्त समूहले पहिला फायरिङ भएको बताए । जवाफी फायरिङका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडीबाट आउँदै गरेको सिटी चालकलाई लाग्न पुगेको एसपी थापाको भनाइ छ ।

    birod.JPG

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - ११:४४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij