Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

images

समानुपातिकतर्फ बन्दसूची बुझाउने राजनीतिक दल र निर्वाचन चिह्न (सूचीसहित)

समानुपातिकतर्फ बन्दसूची बुझाउने राजनीतिक दल र निर्वाचन चिह्न (सूचीसहित)


  • 512
    Shares

    समानुपातिकतर्फ बन्दसूची बुझाउने राजनीतिक दल र निर्वाचन चिह्न (सूचीसहित)
    images

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् ।

    ती दलहरूले ५८ वटा चुनाव चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची पेस गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

    निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका तोकेको थियो ।

    ‘बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा राजनीतिक दलले आआफ्नो निर्वाचन चिह्नमा र १० वटा दलले चार वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन्’, प्रवक्ता भट्टराईले भने ,‘समानुपातिकतर्फ ११० जना निर्वाचित हुनेछन् ।’

    b5.jpg

    b4.jpg

     

    b3.jpg

    b2.jpg

    b1.jpg

     

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १५:२७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij