२०८२ पौष १४ गते सोमवार
काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ ।
सो पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउन आयोगमा पुगेको हो ।
आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिएका छन् ।
रास्वपा र शाहसँग छलफल गरेर समानुपातिक सूची तयार पार्ने समय अभाव भएकाले अहिले एक्लै समानुपातिक सूची बुझाएको थापाले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij