Logo

२०८२ पौष १४ गते सोमवार

२०८२ पौष १४ गते सोमवार

कांग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को अनुपातमा भागबन्डा प्रस्ताव

कांग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को अनुपातमा भागबन्डा प्रस्ताव


  • 757
    Shares

    कांग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को अनुपातमा भागबन्डा प्रस्ताव
    images

    काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फ उम्मेदवारको सूची बनाउँदा पार्टीभित्रको समूह व्यवस्थापनका लागि संस्थापन पक्षले ६०\४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव गरेको छ ।

    उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । यसक्रममा सभापति शेरबहादुर देउवा पक्षका ६० प्रतिशत समेटिने छन् । गगन थापा र शेखर कोइराला समूहका ४० प्रतिशत समेटिने छन् । 

    कांग्रेसमा विगतदेखि नै यस्तो भागबन्डा चल्दै आएको छ । समानुपातिक तर्फको उम्मदेवारी दिने सोमबार अन्तिम दिन हो । 

    कांग्रेसका शीर्ष नेताहरू पनि सूची तय गर्नका लागि आन्तरिक छलफलमा छन् । ११० जनाको सूची क्लस्टर मिलाएर पेस गर्नुपर्ने छ ।

     

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १४:२३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij