२०८२ पौष १४ गते सोमवार
काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या ५ पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो
साढे १२ बजेसम्म पाँच दलले मात्र बन्दसूची बुझाएका छन् । अन्य दलहरू पनि बन्दसूची बुझाउन आयोग जाने तयारीमा छन् ।
बन्दसूची बुझाउने दलहरूलाई आयोगले सोमबार साँझ चार बजेसम्म टोकन लिइसक्न भनेको छ ।
पहिलो दिन आइतबार तीनवटा दलले मात्र आयोगमा बन्दसूची पेस गरेका थिए । पहिलो दिन नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले बन्दसूची पेस गरेका थिए ।
त्यस्तै, अन्तिम दिन सोमबार जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले बन्दसूची पेस गरेको निर्वाचन आयोगले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij