Logo

२०८२ पौष १४ गते सोमवार

२०८२ पौष १४ गते सोमवार

सम्झौता अनुसार ठेक्का सम्पन्न नगर्ने पाँच कम्पनी कालो सूचीमा

सम्झौता अनुसार ठेक्का सम्पन्न नगर्ने पाँच कम्पनी कालो सूचीमा


  • 617
    Shares

    सम्झौता अनुसार ठेक्का सम्पन्न नगर्ने पाँच कम्पनी कालो सूचीमा
    images

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सम्झौता अनुसार ठेक्का सम्पन्न नगर्ने पाँच कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।  कान्छाराम कन्स्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेको छ।

    कार्यालयका अनुसार, ग्रामीण सडक सञ्जाल सुधार आयोजना समन्वय एकार्य श्रीमल ललितपुरको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सन र चिनियाँ ठेकेदार कम्पनी चोङकिङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेशनलाई डेढ–डेढ वर्षका लागि कालोसूचीमा राखेको छ । 

    नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालिलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

     यस्तै रौतामाई गाउँपालिकाको कार्यालय उदयपुरको सिफारिसमा सिंगदन सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालि र विशाल निर्माण सेवालाई  १र१ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ । 

     

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - ११:३८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij